नियम १०
मूल्य निर्धारण सम्बन्धी नीति निर्माण

() मन्त्रालयले कुनै उपभोग्य वस्तुको मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्दा त्यस्तो उपभोग्य वस्तुको उत्पादन लागत, ढुवानी खर्चआयातकर्ताले प्रचलित कानुन बमोजिम बुझाएको कर, दस्तूर उपभोग्य वस्तु बिक्री गर्दा बिक्रेताले लिन पाउने मुनाफा रकम समेतलाई   आधार मानी उपभोग्य वस्तुको मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्नेछ यसरी मन्त्रालयले उपभोग्य वस्तुको मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्दा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्शको परामर्श लिन सक्नेछ

() मन्त्रालयले कुनै सेवाको मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्दा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको हक हित संरक्षण आचरण तथा काम कारबाही व्यवस्थित गर्ने सम्बन्धमा प्रचलित कानुन बमोजिम मान्यता प्राप्त कुनै निकाय वा अधिकारी भए त्यस्ता निकाय वा अधिकारीको परामर्श लिई त्यस्ता निकाय वा अधिकारी नभए, निजले प्रदान गरेको सेवाको औचित्यतालाई दृष्टिगत गरी सेवाको मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्नेछ

() उपनियम () बमोजिम मन्त्रालयले मूल्य निर्धारण सम्बन्धी नीति निर्माण गर्दा त्यस्तो सेवा प्रदान गरे बापत लिन पाउने मूल्य भौगोलिक क्षेत्र तथा ठाउँ विशेषको आधारमा फरक हुने गरी निर्माण गर्न सक्नेछ